चलचित्र ‘मेरो जुत्ता खोई’ को गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक


चलचित्र ‘मेरो जुत्ता खोई’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राजेश पायल राई र मेलिना राईको स्वर, ओमकृष्ण प्रसाईंको शब्द र विकास चौधरीको संगीत रहेको छ। कमल राईको कोरियोग्राफी रहेको गीतमा चलचित्रका प्रमुख कलाकारलाई समावेश गरिएको छ । अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई कुमार केसीले निर्देशन गरेका छन्।

चलचित्रमा सुरवीर पण्डित,रोहन सेन्चुरी,प्रशान्त मुखिया,रचना सिवाकोटी,लानाम डोर्जे लामा, कृष्ण सुवेदी,दीपेन्द्र सुब्बा,तुलसा शर्मा,अचला अधिकारी,अभय अधिकारी,पिटर खवास लगायतले अभिनय गरेका छन्। प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित निर्माण गरिएको चलचित्रको निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्।

दर्पण क्षेत्रीले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ता अभय अधिकारी र कार्यकारी निर्माता रोहन सेन्चुरी(डम्बर बहादुर विश्वकर्मा) हुन्। चलचित्रको प्रदर्शन मिति तय भएको छैन।

प्रतिक्रिया दिनुहोस्