छायांकन अगावै विदेशमा ‘आ बाट आमा’ को डिमाण्ड बढ्दो
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको चलचित्रको घोषणा र कलाकार अनुबन्धसंगै विदेश प्रदर्शन अधिकार पनि बिक्रि हुन् लागेको हो । चलचित्रमा विपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त र दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ।
यही महिनाबाट छायांकनमा निस्किने यो चलचित्रका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।