चलचित्र अभिनयमा डेव्यु गर्दै साइग्रेस पोख्रेल


कथावाचनमा आफुलाई अब्बल सावित गरेर संसार यात्रा गरेका साइग्रेस पोखरेल अव चलचित्रमा अभिनय गर्ने भएका छन्। उनले चन्द्र पन्तको निर्देशनमा तयार हुने चलचित्र ‘आ बाट आमा’बाट आफ्नो अभिनय करियरको सुरुवात गर्न लागेका हुन्। चलचित्रको प्रमुख मध्ये एक पात्रमा उनलाई यसैसाता निर्माण टिमले अनुबन्ध गरेको हो।

भदौ १२ गतेबाट छायांकनमा जाने चलचित्रको लागी साइग्रेस यसैसाता स्पेनको बार्सिलोनाबाट नेपाल आउदैछन्। चलचित्रमा विपना थापा, पल शाह, सिम्रन पन्त, उषा उप्रेती, दक्षिण भारतीय अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ । चलचित्रमा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने उनीहरुको छोराको भूमिका पलले निभाउनेछन् ।

कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको चलचित्रमा ध्रुव न्यौपाने र प्रकाश कुँवरको पनि लगानी रहनेछ । यसको कार्यकारी निर्माता करण सिंह हुन् भने सह-निर्मातामा छितिज ढुङ्गाना रहेका छन् । यस वर्षको फागुन १५ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रको अष्ट्रेलिया र न्युजिल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्