छायांकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा चलचित्र ‘पोखरेली मसिनो’ बन्ने


नेपाली चलचित्र क्षेत्रमा शैलेन्द्रध्वज कार्कीको नाम छायांकारको रुपमा स्थापित रहेको छ। छायांकारका रुपमा सफल रहेका कार्की अव चलचित्र निर्देशनमा जुटेका छन्। उनको निर्माण र निर्देशनमा निर्माण हुने चलचित्र ‘पोखरेली मसिनो’ को मुहर्त गरिएको छ। पोखरेली मसिनो चामल नेपाली भान्सामा निकै पपुलर रहेको छ।

यसैलाई बिम्बको रुपमा प्रयोग गरेर मुहर्त गरिएको चलचित्रको बुधबारबाट पोखरामा छायांकन सुरु हुनेछ। चलचित्रको निर्देशनमा कार्कीलाई अभिनेत्री शान्ति गरीले सहयोग गर्नेछिन्। दुवैले संयुक्त रुपमा चलचित्रको निर्देशन गर्नेछन्। प्रवीण खतिवडा, टीका पहाडी, परिक्षा लिम्बु, अविरलप्रताप अधिकारी , अनिल सुब्बा, अंकित खड्का, सजन थापा, अभय बराल, हिउँवाला गौतमको अभिनय चलचित्रमा रहनेछ ।

३० दिन सेड्युल तय गरिएको सोसल ड्रामा–थ्रीलर जनरा चलचित्रको बजेट साढे २ करोड रुपैयाँ तय छ । बाउछोरीको सम्बन्धको कथा बोल्ने चलचित्रमा छोरीलाई हुर्काउन र पढाउन बाबुले गर्ने संघर्ष र सपनाको कथा समावेश रहनेछ। चलचित्र अर्को वर्षको दशैं छेकोमा रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्