तीजमा ‘मोहर’ लाई दर्शकको साथ


साउन २३ गतेबाट रिलिज भएको चलचित्र ‘मोहर’ ले बक्स अफिसमा राम्रै कलेक्सन गरिरहेको छ। ४ करोड बढी ग्रस कलेक्सन गरेको चलचित्रलाई हेर्न दर्शकको उपस्थिति अहिले पनि हलमा राम्रो रहेको छ। दुई चर्चित भारतीय चलचित्रको चेपुवाबाट बाहिर निस्किएर बक्स अफिसमा राम्रो व्यापार गरेको चलचित्रको रिलिजको आजको दिनमा पनि प्राप्त हलहरुमा दर्शकको उपस्थिति बलियो रहेको छ। केहि शोहरुले आज पनि हाउसफुल व्यापार गरेका छन्।

बिशेष गरि उपत्यका बाहिर दर्शकको चाप बढी देखिएको छ। चितवन, पोखर, नेपालगन्ज लगायतका क्षेत्रमा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । बक्स अफिसमा माग्ने राजा आक्रामक भैरहेको बेला पनि रिलिजको १५ दिन आसपासमा पनि दर्शकको यो साथ पाउनु चलचित्रको लागि सुखद हो। ओम प्रतिक निर्देशित चलचित्रमा पल शाह, बेनिशा हमाल र नीति शाह मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्