तीजको अवसर पारेर चलचित्र ‘कन्यादान’ को निर्माण घोषणा
तीजको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘कन्यादान’ को निर्माण घोषणा भएको छ। निर्देशक अर्जुन सुवेदीको निर्देशनमा तयार हुने चलचित्र सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुनेछ। सुवेदीले यसअगाडी ‘रंगेली र सोल्टिनी’ निर्देशन गरेका छन्।

यो चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीर्लाइ पर्दामा उतार्नेछ । चलचित्रले ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने कथा प्रस्तुत गर्ने निर्देशक सुवेदीको भनाई छ ।
कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर लेखेको चलचित्र प्लानेट थ्री फिल्मस्को मुख्य निर्माणमा बन्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। । रेजिना बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रमा मार्टिन ओली कार्यकारी निर्माताको रुपमा छन् । सुशन प्रजापतिको छायांकन रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।