‘हर्ष’ दुई पोष्टरमा शिर्ष कलाकार प्रस्तुत
एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई चलचित्रको नामझै हर्षित भावमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः चलचित्रको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ । यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।
सम्पुर्ण छायांकन चितवनमा नै गरिएको चलचित्र हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । चलचित्र मंसिर १२ गते रिलिज हुँदैछ ।