‘जेरी अन टप’ को गीत ‘कस्तुरी’ मा अनमोलसँग रोमान्टिक आँचल
युट्युवबाट हटाईएको चलचित्र ‘जेरी अन टप’ को गीत ‘कस्तुरी’ पुन: सार्वजनिक गरिएको छ। केहि दिन अगाडी सार्वजनिक गीत प्राविधिक कारण भन्दै हटाइएको थियो। गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर र जयन जे वाइबा शब्द र संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र आंचल शर्मा फिचर रहेका छन्।

मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू समावेश भिडियोमा किरण थापाको कोरियोग्राफी रहेको छ। प्रेमिल दृश्यहरु समावेश गीतको भिडियोमा अनमोल र आँचलको केमिस्ट्रि आकर्षक देखिन्छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा विशेष भुमिका निभाएकी छन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार चलचित्रमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माताको रुपमा रहेका छन्। अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । चलचित्र असोज ३१ गतेबाट रिलिज हुँदैछ।