पर्वतबाट सुरु भयो चलचित्र ‘ककाकिकी’ को छायांकन


चलचित्र ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने चलचित्रक निर्देशक बिक्की अग्रवालले जानकारी दिएका छन् ।

तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकन स्थलमा छन् । अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने चलचित्रकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् ।

चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको चलचित्रका बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारी हुन् । यस्तै चलचित्रमा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन् । अनिश बुढाथोकी सहायक निर्देशक रहेको चलचित्रको डिओपी सुदिप बराल छन् ।

प्रतिक्रिया दिनुहोस्