‘मैझारो’ ट्रेलर: धिरज र मिरुनाको प्रेमको उतारचढाव


विल्सन बिक्रम राई (तक्मेबुढा) को पहिलो निर्देशकीय चलचित्र ‘मैझारो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। चलचित्रका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राई सम्मलाई ट्रेलरमा स्थान दिईएको छ।

निर्देशक राईकै कथा रहेको यो चलचित्र पुर्वको इलाम र पाँचथर आसपासमा खिचिएको छ । तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगर ,मिरुना मगर, दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र कार्तिक ७ गते भाइटिकाको भोलिपल्ट प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्