‘भाइटिका’ मा कुल ब्वाईको इन्ट्री, धिरज मगरलाई गरे रिप्लेस


टिकटकमा पपुलर बनेर पहिलो चलचित्रमा नै सफलताको स्वाद चाखेका पारस बम ठकुरी (कुल व्वाई) ले दोश्रो चलचित्रमा काम गर्न लामो समय लगाए। उनि संगै चलचित्र ‘होस्टेल ३’ बाट डेव्यु गरेका कलाकार व्यस्त भैरहदा पारस भने गुपचुप रहेका थिए। अव भने उनको चलचित्र करियारको यात्रा रफ्तारमा बढ्ने भएको छ।

उनले रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्र ‘भाइटीका’ मा काम गर्ने सम्झौता गरेका छन्। यो चलचित्रमा उनले अभिनेता धिरज मगरलाई रिप्लेस गरेका हुन्। दिपक वलीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन यो बर्षको अन्त्यमा हुनेछ।

पारसले अन्य दुई चलचित्रमा पनि काम गर्ने सम्झौता गरेको बुझिएको छ। एक चलचित्रको छायांकनको तयारीमा उनि रहेका छन्। होस्टेल ३ ले निर्माण गर्ने नयाँ चलचित्रमा पनि उनले काम गर्ने तयारी गरिरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्