‘हर्ष’ मा शिव रेग्मीको ‘पाहुना’ गीतले पायो पुनर्जन्म


शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हर्ष’ को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्र रिलिज पछाडी चलचित्रमा समावेश ‘पाहुना’ गीत सार्वजनिक गरेको हो। स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य बाल कलाकार साइमन वादीलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ भने भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

चलचित्रलाई हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिईरहेका छन्। अभिनेत्री बर्षा राउत र बाल कलाकार साइमन वादी हलहलमा पुग्दा दर्शकले उत्कृष्ट प्रतिक्रिया दिईरहेका छन्। केहि दिन अगाडी चलचित्रलाई जारी नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले समेत हेरेको थियो। उनीहरुले गेमको प्रेसरका बीचमा चलचित्रले रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।

एकता पौडेलले निर्देशन गरेको चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता चलचित्रमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्