निखिल–वर्षा अभिनीत फिल्म ‘कस्तुरी’को शुभ मुहूर्त, छायाङ्कन सुरु


काठमाडौँ I निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मुहूर्त गरिएको छ। 

मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभ मूर्तसँगै सुटिङ पनि थालिएको छ। शुभ मुहूर्त गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायाङ्कन थालेका छौँ। यसको अधिकांश छायाङ्कन काठमाडौँ र आसपासमा हुनेछन् ।’

उनले सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए। यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईँ,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित विष्ट हुनेछन्। त्यसै गरी फिल्मको सङ्गीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्