चलचित्र ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक


चलचित्र ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। प्रीति कौरको स्वर रहेको गीतमा रोशन मिराज, केएम जोशी र गायिका कौरका शब्द रहेको गीतमा केवम जोशीको संगीत रहेको छ। गीतको भिडियोमा नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड रहेका छन्। यी दुइसंगै उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौला लगायतका कलाकारको चलचित्रका दृश्यहरु भिडियोमा समावेश गरिएको छ।

गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व-रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ। रोशन मिराजको लेखन–निर्देशनमा बनेको चलचित्र फागुन २९ गतेबाट प्रदर्शनमा आउंदैछ। फेथ आस्थाको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्।

प्रतिक्रिया दिनुहोस्