एक्सन, प्रेम र सस्पेन्सले भरिएको ‘राम नाम सत्य’ ट्रेलर
माइकल चन्दको निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ। सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलरले रिलिज भएको केहि समयमा नै सामाजिक संजालमा दर्शकको राम्रो साथ बटुलेको छ । रिलिज भएको ३ घण्टामा ट्रेलरले ८० हजार बढी भ्युज पाएको छ भने मुभी ट्रेण्डीङ्गको ७ नम्बरमा पुगेको छ। एक्सन स्टार विराज भट्टको क्रेज ट्रेलरमा राम्रो देखिएको छ। सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । यस्तै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशील विचको एक्सन ट्रेलरमा समावेश छ । नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ।

चलचित्रका सार्वजनिक दुई गीतले दर्शकको मन जितिसकेको छ । यहि बीचमा आएको ट्रेलर र यसमा देखिएको प्रतिक्रियाले दर्शकको उत्सुकता ट्रेलर प्रति देखिएको छ। माइकल चन्दको कथा, पटकथा र लेखन रहेको चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ।
चलचित्रमा खुशी कार्की, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रुपमा छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा रहेको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमली निर्माता, जराज चटौत र दमन बहादुर चन्द सह–निर्माता,किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक, सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। मोती कार्की क्रियटिभ निर्माता रहेको चलचित्रमा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् ।


