चलचित्र ‘जदौ’ को गीत ‘तिमीसँग नबोली’ मा रोमान्टिक प्रभात र नीति


असोज ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जदौ’ को नयाँ गीत ‘तिमीसँग नबोली’ सार्वजनिक भएको छ। किरण गजमेर र मनिषा सुनारको स्वरमा रहेको प्रेमिल गीतमा ,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन् । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको चलचित्रले अन्तरजातीय प्रेमको कथालाई प्रस्तुत गरेको छ।

चलचित्रमा नीति,प्रभातका साथमा मुकुन भुसाल,ऋचा शर्मा,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा सृजना शर्मा र मनिष शर्मा निर्माता , राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल सहनिर्माता र शान्ति पुडासैनी कार्यकारी निर्माता रहेका छन्।
श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको ‘जदौ’ समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्