‘बेहुली’ ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा


भदौ २६ गते अर्थात् यहि शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बेहुली’ को ट्रेलरले सामाजिक संजालमा धमाका सृजना गरेको छ। आइतबार साँझ सार्वजनिक भएको ट्रेलरले रिलिज भएको १८ घन्टाभित्रै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा प्रवेश गरेको छ । नेपाल सहित नेपाली भाषी रहेका विश्वका ११ देशहरूको ट्रेन्डिङ चार्टमा ट्रेलर प्रवेश गरेको छ। गल्फ देखि युरोपसम्मका देशमा ट्रेलर ट्रेन्डिङ चार्टमा छ।

कुवेतमा दोस्रो, कतार र रोमानियामा चौथो, साउदी अरबमा नवौँ, पोर्चुगलमा दशौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा बाह्रौँ, जापानमा तेह्रौँ, यूएईमा चौधौँ र अष्ट्रेलियामा पन्ध्रौँ स्थान ओगट्दै यो चलचित्रले ग्लोबल प्लेटफर्ममा आफ्नो उपस्थिति देखाएको छ। ट्रेलरमा कलाकारको सहज अभिनयलाई दर्शकले रुचाएका छन्। होस्टेल ३ डेव्यु अभिनेता पारस बम ठकुरी र दिव्या रायमाझीको केमेष्ट्री, सुशान्त कार्कीको प्रहरीको अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको नयाँ लुक्स दर्शकले रुचाएका छन्।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यस चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् भने प्रस्तुकर्ता अर्जुन पोख्रेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्