मित्रता, एक्सन र कमेडीले भरिएको ‘दुइ नम्बरी’ ट्रेलर


रोमान्स, कमेडी र एक्सनले भरपुर ट्रेलर चलचित्र ‘दुई नम्बरी’ टिमले सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलर आकर्षक देखिएको छ। दर्शकलाई हलसम्म तान्न ट्रेलर सक्षम देखिएको छ।

चलचित्रका ट्रेलरमा प्रस्तुत डाइलग र पात्रहरुको प्रस्तुती आकर्षक देखिएको छ। मित्रताको कथा बोल्ने चलचित्रको ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ।

दया र उगेन तथा सौगात र उपासनाको जोडी चलचित्रमा बाँधिएको छ। ‘कबड्डी ४’ पछी दया र सौगातको जोडी पर्दामा फेरी दोहोरिदैछ। दिपेन्द्र लामा निर्देशीत चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनको डेव्यु चलचित्र हो । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा रहेको चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्