‘चोर र पुलिस’को ट्रेलर रिलिज


कार्तिक २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘चोर र पुलिस’ को ट्रेलर रिलिज भएको छ। काठमाडौंमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। धिरेन शाक्य, बुद्धि तामाङ्ग, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय चलचित्रमा रहेको छ।

आरएल लामा मोक्तान को निर्देशनमा तयार भएको चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्