फेरी एकपटक अनमोल र आनाको सहकार्य, ‘जेरी २’ मा साथ


नायक अनमोल केसी र नायिका आना शर्माको जोडी पुन: एकपटक दर्शकले पर्दामा देख्न पाउने भएका छन्। ९ बर्ष अगाडीको हिट चलचित्र ‘जेरी’ को सिक्वेल ‘जेरी २’ को चर्चा चलेको लामै समय भयो। निर्माण टिमले अनमोल केसी र नव- नायिकालाई पहिले नै चलचित्रमा लिने कन्फर्म भएको खबर सार्वजनिक गरिसकेको छ।

चलचित्रमा मुख्य नायिकाको रुपमा आना शर्मा भित्रिएको खबर निर्माण टिमले सार्वजनिक गरेको हो। आनाले जेरी बाट नै आफ्नो करियरको सुरुवात गरेकी थिइन्। पहिलो चलचित्र बाट राम्रो सफलता हासिल गरेकी आनाका त्यसपछिका चलचित्र खासै सफल बन्न सकेका छैनन्। करियरको अर्को हिट पर्खाइमा रहेकी आनाका लागी यो चलचित्र भाग्यशाली सावित हुन् सक्छ।
हेमराज विसीको निर्देशनमा तयार हुने चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नेछन्।

नव नायिका पूर्णिका सिंजापति केहि समय अगाडी नै पक्का भैसकेकी थिइन् भने बाँकि कलाकारको छनोट अडिसन मार्फत हुनेछ। एक नव- नायकको खोजीमा निर्माण टिम रहेको छ। अन्य कलाकारका लागि भारतको दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ । लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा चलचित्रको सुटिङ्ग गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्