दर्जनौ चलचित्र रिलिजको पर्खाइमा


कोरोनाको तेश्रो लहरसंगै नेपाली चलचित्र क्षेत्र ठप्प भएको पनि केहि समय भैसक्यो। पहिलो लहर देखि नै रिलिज तयार भएर थन्किएका धेरै चलचित्र अझै रिलिज हुन पाएका छैनन् । स्थिति सहज हुदै गर्दा केहि चलचित्र रिलिज भए तर अपेक्षाकृत दर्शकको साथ पाउन भने सकेनन् । कोरोना कहर बीच र स्थिति सहज भएपछि र्लिज भएका चलचित्रमा ‘कठपुतली’ केहि राम्रो देखियो । चलचित्रकर्मीको उत्साह बढ्दै गर्दा कोरोनाको तेश्रो लहरले छपक्कै छोप्यो। ‘चपली हाइट ३’ तीन दिनसम्म मात्र हलमा रिलिज हुनपायो । फागुन १ गतेबाट स्मार्ट लकडाउनका सवै प्रावधान हटाउने तयारीमा सरकार रहेको छ। यसकारण पनि अव फेरी चलचित्रकर्मी र वितरक चलचित्र रिलिजका लागि उत्साहित देखिदै आएका छन् । धेरै चलचित्र रिलिजको पर्खाइमा रहेका छन् ।

तर धेरै चलचित्रले आफ्नो रिलिज मिति नै टुंगो लगाउन सकेका छैनन्। बैशाख सम्म दुई नेपाली चलचित्र एकै मितिमा रिलिज नगर्ने चलचित्र क्षेत्रसंग सम्बन्धित संस्थाले नियम समेत बनाएका छन् । सोहि कारण पनि रिलिज मितिको अन्यौलता छदैछ। हल खुलेसंगै ‘चपली हाइट ३’ रि-रिलिज हुने पक्का छ। शिवरात्रीको अवसर पारेर ‘लप्पन छप्पन २’ रिलिजको घोषणा भएको लामै समय भयो । तर प्रचारप्रसारमा निर्माण टिम अझै देखिएको छैन । बैशाख १ गतेलाई ‘ ए मेरो हजुर ४’ ले आफ्नो रिलिज मिति तय गरेको छ । सोहि मितिमा भारतीय ठुला चलचित्र रिलिज हुने भएकाले त्यसको सन्त्रास कायम नै रहेको छ । फागुन १३ मा ‘म यस्तो गीत गाउँछु’, बैशाख २३ मा ‘कबड्डी ४’, असार ३ मा ‘ चिसो मान्छे’ रिलिजका लागि तयार भएर बसेका छन् ।

यी संगै अन्य चार दर्जन बढी चलचित्र रिलिजको पर्खाइमा रहेका छन् । प्रेमगीत ३ , बाबरी, सम्हालिन्छ कहिले मन, लप्पन छप्पन २, परदेशी २, गोर्खा वारियर, निरफुल, आंधी तुफान २, कौसिद, बोक्सीको घर, कृष्ण लिला, दयारानी, म, झिंगे दाउ, म राजेश हमाल, लक्का जवान लगायतका धेरै चलचित्र रिलिजको पर्खाइमा रहेका छन्। यो बिचमा रिलिज हुने भारतीय र हलिउड चलचित्रले पार्ने प्रभाव पनि उस्तै रहेको छ । नयाँ निर्माण हुने चलचित्रले आफ्नो रिलिज मितिका लागि केहि समय कुर्नुपर्ने अवस्था पक्का देखिन्छ । तर चलचित्रकर्मीका लागी उत्साहको बाटो भने चै के रहेको छ भने फागुन १ गतेबाट चलचित्र रिलिज पक्का देखिएको छ । ३ बर्ष देखि जिर्ण बनेको चलचित्र क्षेत्र बिस्तारै चलायमान होला भन्ने अपेक्षा राख्न सकिन्छ । तर चलचित्र हलमा लागेर मात्र पनि भएन, दर्शकको उपस्थिति पनि अति आवश्यक छ। दर्शकलाई हल सम्म तान्नका लागी कस्तो प्रचार शैली चलचित्र कर्मीले अपनाउने हो त्यो भने चासोको बिषय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्