चलचित्रमा बर्षा शिवाकोटीको बढ्दो व्यस्तता


अभिनेत्री बर्षा शिवाकोटीको करियरले पछिल्लो समय लय पक्रेको छ। उनि एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। बिशेषगरी ‘छक्का पन्जा ५’ रिलिजपछि उनको करियरले गति लिएको छ। यतिबेला उनको लाइनमा ब्याक टू ब्याक चलचित्र रहेका छन्। उनको चलचित्र ‘झिल्को’ बैशाख १९ बाट रिलिज हुँदैछ। केदार घिमिरे मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन भर्खरै सम्पन्न भएको छ। जितू नेपालसंग उनी नयाँ चलचित्र ‘कार्की साइँला’ मा सहकार्य गर्दैछिन्।


यहि बीचमा उनि नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘कस्तूरी’ मा उनी मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्। रीत बोहराले निर्देशन गर्ने चलचित्रलाई धीरजकुमार अग्रवालले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्