चन्द्र पन्तले ‘आ बाट आमा’ निर्माण गर्ने, फागुनमा रिलिज तय
निर्देशक चन्द्र पन्तले नयाँ चलचित्र ‘आ बाट आमा’ को निर्माण घोषणा गरेका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन्।

सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो चलचित्र को कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस चलचित्र को छायांकन आगामी भदौबाट हुनेछ। चलचित्रमा कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन। अभिमन्यु निरवीले चलचित्रलाई लेखेका हुन्।
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको चलचित्र ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन्। निर्देशक पन्तले चलचित्र ‘ह्रस्व दीर्घ’लाई एउटा उचाईमा पुर्याएका थिए।