असारमा पूजा-आकाशको ‘सम्झना बिर्सना’


पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्झना बिर्सना’ असारमा रिलिज हुने भएको छ। जेठ ६ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको निर्माण टिमले स्थानीय तहको निर्वाचनका कारण रिलिज मिति परिवर्तन गरेको थियो। अव चलचित्र असार ३१ गतेबाट रिलिज हुनेछ। चलचित्रमा पुजा र आकाशको साथमा सुनिल थापा, छुल्ठीम गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका छन्।

अभिनेत्री पूजा शर्मा आफ्नो चलचित्रमा लगातार सफलता हासिल गर्दै आएकी छिन्। उनको पछिल्लो रिलिज चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकको राम्रो साथ पाएको थियो। पूजासंग नै जोडी बाँधेर चर्चामा आएका आकाशको बक्स अफिस आंकडा केहि कमजोर रहेको छ। सही कारण पनि उनलाई यो चलचित्र चल्न आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस्