‘आ बाट आमा २’ को दोश्रो पोष्टर रिलिज
चन्द्र पन्तको निर्देशनमा आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो। असोज ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको पोष्टर दर्शकको ध्यान खिच्ने खालको रहेको छ। पोष्टरमा चलचित्रका प्रमुख कलाकारलाई स्थान दिईएको छ।
मुख्य पात्र पल शाहलाई मानसिक सन्तुलन गुमाएको झैँ देखिन्छन् भने विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल र मलिका महत भावुक छन्। पोस्टरको दायाबायामा दुई पात्रलाई राखिएको छ।

दायामा बुबाको भुमिकामा रहेका प्रदीप स्कुटरमा कतै आइरहेका देखिन्छन् भने बाया पात्र कसैको खोजीमा देखिन्छन्। साथै ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लाई मुख्य विषयवस्तु बनाएको कुरा पोस्टरमा देखिन्छ। अर्को तर्फ पोस्टरमा उल्लेखित ‘आउँछु’ भन्ने एउटा झुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन भन्ने हरफले चलचित्रको भावुकता झल्काउछ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।
चलचित्रको कार्यकारी निर्माता करण सिंह हुन्।






