निखिल उप्रेतीको ‘आचार्य’ को एक्सनप्याक ट्रेलरलाई दर्शकको साथ


नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलर शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो। सार्वजनिक भएसंगै सामाजिक संजालमा ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको छ। उत्कृष्ट एक्सनको संयोजन रहेको चलचित्रको ट्रेलरले दर्शकमा कौतुहलता जगाएको छ।

ट्रेलरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। नेपालमा विदेशी चलचित्रको दबदबा रहिरहेका बेला नेपाली बजेट, नेपाली कन्टेन्ट र नेपाली श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक चलचित्र बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निखिलले बताए। ‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापती र सजिना श्रेष्ठले नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।

चलचित्रमा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको चलचित्रको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्