प्रदिप मेरो फेभरेट: पूजा शर्मा, के संगै काम गर्ने हुदैछ तयारी ?


पूजा शर्मा नेपाली चलचित्रका लागी सस्फल नाम हो । स्पष्ट बोली र चंचल बानीले पूजाले धेरैलाई आकर्षित गरेकी छिन् । केहि असफल चलचित्र पछी ‘प्रेमगीत’ मार्फत आफ्नो सफलताको झण्डा गाड्न सफल अभिनेत्री शर्मा नेपालको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको रुपमा समेत आफुलाई स्थापित गर्न सफल भैसकेकी छिन्। प्रेमगीतले नेपाली चलचित्र क्षेत्रमा धेरै स्टार जन्मायो । अभिनेता प्रदिप खड्का, अभिनेत्री पूजा शर्माको साथमा निर्माता सन्तोष शेन यहि चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा स्थापित भए । तर रिलिज संगै अभिनेता र निर्मातासंग पूजा र निर्देशक सुदर्शन थापाको सम्बन्ध चिसियो । एकअर्कालाई कटाक्ष प्रहार गर्न कहिँ कुनै कसर बाकीं रहेन । दुई फरक टिम बनेर चलचित्र निर्माण सुरु भयो । प्रेमगीतको टाइटल निर्माता र अभिनेताले लिए भने अभिनेत्री र निर्देशकको पोल्टामा म यस्तो गीत गाउँछु पर्यो । प्रदिप र पूजा दुवैका चलचित्र यहि बर्ष रिलिज हुदैछन्। दर्शकको नजरमा सर्वाधिक सफल मध्येको एक जोडी पूजा र प्रदिप कहिले पनि साथ दोहोरिएका छैनन् ।

एक अन्तर्वार्ताको दौरान पूजाले प्रदिप आफ्नो फेभरेट रहेको बताएकी छिन् । उनले चलचित्रमा साथ काम गर्ने ईच्छा आशयको भनाई पनि राखेकी छिन् । यी दुवै चलचित्रमा साथ देखिएमा नेपाली दर्शकका लागी यो पर्खाईको जोडी र चलचित्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्