रामकाहानीका लागी हिरो खोज्दै गर्दा सोनाम भेटाएकी थिए- पूजा शर्मा


चलचित्र रामकहानी बक्स अफिसमा सफल चलचित्र रह्यो। सुदर्शन थापा निर्देशित यसै चलचित्र बाट पूजा शर्मा र आकाश श्रेष्ठको जोडी पर्दामा स्थापित बन्यो । अहिले पनि यो जोडी दर्शकमाझ उत्तिकै लोकप्रिय रहेको छ। भलै पुजा र आकाशको सम्बन्ध उति सुमधुर छैन तर व्यवसायिक धर्म यी दुवैले निभाईरहेका छन्। यो चलचित्रकर्मी र दर्शक दुवैका लागी सुखद पक्ष रहेको छ। तर रामकहानीको हिरोको रुपमा पहिलो रोजाईमा आकाश भने थिएनन् ।

तस्विर- उद्धव रसाईली

पूजा र उनको टिमले अभिनेताको खोजिको क्रममा गायक सोनाम तोप्देनलाई भेटाएको थियो। युट्युव नेपाली र हिन्दि गीत कभर गरेर सोनाम चर्चामा रहेको लामै समय भयो। पूजाले पनि सोनामलाई युट्युवमा नै हेरेकी थिइन्। तर रामकहानीको नायकको चरित्रमा फिट नहुने भएपछि पुजा र सुदर्शन ब्याक हटेका थिए। उनी सोनामलाई मुख्य अभिनेताको रुपमा लिएर चलचित्र ‘सम्हालीन्छ कहिले मन’ निर्माण भएको छ। निर्देशकको रुपमा सुदर्शन नै रहेका छन् र अभिनेत्रीको रुपमा पूजा।

सोहि चलचित्रको पहिलो गीत रिलिज कार्यक्रममा पूजाले उक्त कुराको खुलासा गरेकी हुन्। उनि भन्छिन्, ‘रामकहानी निर्माणको समयमा हामी नायकको खोजीमा रहेका थियौ। सोहि समयमा मैले युट्युवमा सोनामलाई भेटाएकी थिए । सुदर्शन जीलाई पठाएकी पनि थिए । तर चलचित्रको क्यारेक्टरमा सोनाम फिट नहुने भएपछी हामीले उक्त चलचित्रमा सहकार्य गर्न सकेनौ। तर पछि यो चलचित्र निर्माण हुँदा फेरी सोनामको लागी फिट हुने क्यारेक्टर जन्मियो र हाम्रो सहकार्य भयो।’

प्रतिक्रिया दिनुहोस्