A vertical shot of the black cat in the dark darkness

हजारौ समर्थक बीच राजनीतिमा रविको प्रवेश


संचारकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा आएका छन्। आज राजधानीमा औपचारिक कार्यक्रम गरेर राजनीतिमा प्रवेश गरेका हुन्। उनले कुनै व्यवस्था परिवर्तन गर्न भन्दा पनि आम जनताको आवाज बोल्न राजनीतिमा आएको बताएका छन्।

तस्विर: अनुप भट्टराई

हजारौ समर्थकको बीचमा उनले राजनीतिमा आफु आएको बताएका छन्। भुईमान्छेको पिडाले आफुलाई राजनीतिमा आउन बाध्य बनाएको बताएका छन्। विभिन्न राजनीतिक दलसंगको छलफल पछि सवैलाई धन्यवाद दिदै आम सर्वसाधारणको चासो र बिषयलाई लिएर राजनीतिमा आएको बताएका छन्। उनी कुन पार्टी मार्फत राजनीतिमा आउन लागेका हुन् भन्ने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्