‘आ बाट आमा २’ को नयाँ गीतको भ्युज १० लाख पार


चलचित्र ‘आ बाट आमा २’ को नयाँ गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ ले रिलिज संगै दर्शकको बलियो साथ पाएको छ। रिलिजको एक दिन नपुग्दै युट्युव मा १० लाख भ्युज पुगेको छ। दसैंको माहोल र टीका जमरा लगाएको कथालाई गीतको भिडियोमा देखिन्छ।

डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिस्ता गुरुङ्ग,निकिता आचार्य लगायतको नृत्य देख्न सकिन्छ। साथमा लाहुरेको भूमिकामा सविन श्रेष्ठ देखिएका छन् भने विपना थापा र प्रदिप रावत श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन्। गम्भीर बिष्टले भिडियोको कोरियोग्राफी गरेका छन्। बाबुल गिरि र रचना रिमालको स्वर रहेको गीतमा बाबुलको शब्द र संगीत रहेको छ।

चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्