गोरखाका आशिष न्यौपाने कमेडी च्याम्पियनमा ‘परफर्मर अफ द राउन्ड’ जित्दै टप ९ मा प्रवेश


गोरखाका हास्य कलाकार आशिष न्यौपाने लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–४’ को उत्कृष्ट ९ (टप ९) मा प्रवेश गर्न सफल भएका छन्। पछिल्लो प्रस्तुतिमा ‘परफर्मर अफ द राउन्ड’ को उपाधि जितेका उनी उत्कृष्ट १० बाट सिधै उत्कृष्ट ९ मा पुगेका हुन्।

प्रतियोगितामा आशिषले पारिवारिक सम्बन्ध, सरकारी विद्यालयको अवस्था तथा ‘केशकुमार नाइँ’ जस्ता पात्र र विषयलाई हास्यव्यङ्ग्यमार्फत प्रस्तुत गर्दै आएका छन्। नेपाली समाज र दैनिक जीवनसँग जोडिएका विषयलाई मौलिक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु उनका प्रस्तुतिको विशेषता बनेको छ।

गोरखाबाट आफ्नो प्रतिभा प्रस्तुत गर्दै राष्ट्रियस्तरको हास्य मञ्चमा अघि बढिरहेका आशिषका लागि उत्कृष्ट ९ मा पुग्नु महत्त्वपूर्ण उपलब्धि हो। पछिल्लो प्रस्तुतिबाट ‘परफर्मर अफ द राउन्ड’ को उपाधिसमेत जितेपछि उनको चर्चा थप बढेको छ।

प्रतियोगिताको आगामी यात्रा तय गर्न दर्शकको माया, भोट र समर्थन महत्त्वपूर्ण हुन सक्ने भएकाले आशिषले आफ्नो प्रस्तुतिलाई निरन्तर साथ दिन दर्शकसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्