जितू नेपालको ‘कार्की साइँला’ साउन १ गतेबाट रिलिज तय


चलचित्र ‘कार्की साइँला’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। नयाँ बर्षको अवसर पारेर चलचित्र नयाँ पोष्टर सार्वजनिक गर्दै साउन १ गतेलाई रिलिज मिति तय गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ। पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ। एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन्। ति को हुन् त भन्ने दर्शकमाझ कौतुहलता पैदा गर्छ?

हास्य कलाकारका रुपमा परिचित जितुलाई निर्देशक राजेन्द्र बस्नेतले एक भरियाको कथामा प्रस्तुत गरेका छन्। नेपालको पुर्वी जिल्ला धनकुटा,सुनसरीको बराहक्षेत्र,चतरा लगायस्थानमा खिचिएको चलचित्रमा जितु नेपालका अलवा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता बालकुमार राई हुन्।

प्रतिक्रिया दिनुहोस्