राजेश हमाल र करिश्मा मानन्धरको ‘नाँच्छु रोधी घरैमा’ सार्वजनिक
कुनै समय राजेश हमाल र करिश्मा मानन्धरको जोडी नेपाली चलचित्र क्षेत्रको पहिलो रोजाइमा रहेको थियो। पछिल्लो समय केहि म्युजिक भिडियोमा यो जोडीलाई दर्शकले देख्न पाएका छन् । यहि बीचमा दुवै फिचर नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘नाँच्छु रोधी घरैमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीको र संगीत दिपक शर्माको रहेको छ। भिडियोको सुरुवातमा राजेश र करिश्माको सम्वाद पनि राखिएको छ । खिम बहादुर थापा निर्माता रहेको यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् ।

