‘चिरञ्जीवी भवः’बाट डेब्यु गर्दै प्रशंसा रायमाझी


दिपक प्रसाद आचार्यको निर्देशनमा तयार हुने चलचित्र ‘चिरञ्जीवी भवः’ मा मुख्य अभिनेत्रीको रुपमा प्रसंशा रायमाझी अनुबन्ध भएकी छिन्। सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीको यो डेव्यु चलचित्र हो। चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा चलचित्र निर्माण हुँदैछ।

यो चलचित्रलाई दीपकले निर्देशन गर्दैछन् भने यसको कथा कुमारको हो । चलचित्र ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । चलचित्रको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कुमार कट्टेलले जानकारी दिए । चलचित्रमा सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन् ।
हाल चलचित्रको स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्