वितरकको दाबी : ‘राम नाम सत्य’ को कमाई ३ करोड माथि
चलचित्र ‘राम नाम सत्य’ ले बक्स अफिसको कलेक्सन ३ करोड पार गरेको वितरकले जानकारी दिएका छन्। रिलिजको ९ दिनमा चलचित्र विकास बोर्डले २ करोड ७९ लाख बढी ग्रस कलेक्सन गरेको आंकडा सार्वजनिक गरेको छ। बोर्डको सिस्टममा केहि हल नजोडिएका उल्लेख गर्दै वितरक गोविन्द शाहीले चलचित्रले ३ करोड २० लाख बढी कमाएको दावी गरेका छन्। चलचित्रले घरेलु बक्स अफिसमा दर्शकको साथ पाइरहेको छ।

चलचित्रका निर्माता उपेन्द्र शाहीले लगानी सुरक्षित हुने बाटोमा रहेको बताएका छन्। उनका अनुसार अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख र डिजिटल राइट्सबाट ७२ लाख रुपैयाँमा प्राप्त भएको छ । सवै कमाई जोड्दा लगानी सुरक्षित हुने निर्माताको भनाई रहेको छ। चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । स्वेता विमली र उपेन्द्र शाहीले निर्माण गरेको चलचित्रलाई माइकल चन्दले निर्देशन गरेका छन्।


