सुदर्शनको निर्देशनमा पूजा र अनमोलको जोडी


लभस्टोरी चलचित्र निर्माणका लागी सुदर्शन राम्रो निर्देशकका रुपमा गनिने गर्दछन्। मेरो एउटा साथी छ देखि म यस्तो गीत गाउँछु २ सम्म आइपुग्दा लभस्टोरी चलचित्र निर्देशकको रुपमा उनले आफुलाई सावित गरिसकेका छन्।

अभिनेत्री पूजा शर्मा र सुदर्शनको सहकार्य पनि गज्जबको जमेको छ। प्रेमगीत, म यस्तो गीत गाउँछु , रामकहानी, म यस्तो गीत गाउँछु २ लगायतका चलचित्रमा यी दुवैले सहकार्य गरेका छन्। यी दुवैसंग जोडिएका छन् अहिलेका युवापुस्ताका सर्वाधिक चर्चामा रहेका अभिनेता अनमोल केसी। एक अनटाइटल प्रेजेक्टका लागी अनमोल र पूजा मुख्य भूमिमा जोडिएका छन्। पुजाले निर्माण गर्ने चलचित्रको निर्देशनको जिम्मेवारी सुदर्शनको काँधमा रहेको छ।

अनमोललिई पूजा र सुदर्शनले प्रेमगीतको प्रस्ताव समेत राखेका थिए। उक्त समयमा अनमोलले चलचित्रमा काम गरेनन्। सोहि चलचित्र बाट प्रदिप खड्का उदाए भने पूजाले पनि उक्त चलचित्रपछि सफलताको स्वाद चाखिरहेकी छिन्। लभस्टोरी चलचित्रका लागी नै चिनिएका सुदर्शन, पूजा र अनमोलको यो सहकार्यलाई धेरैले चासोको बिषयमा हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्