दर्शना गान्धारीको ‘मन दिउँ कि फूल’ सार्वजनिक


गायिका दर्शना गान्धारीको स्वरमा रहेको नयाँ गीत ‘मन दिउँ कि फूल’ सार्वजनिक भएको छ। गीतमा अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ भने विशम आचार्यले संगीत संयोजन (एरेन्ज) र मिक्सिङ गरेका छन्। दर्शना ‘नेपाल आइडल सिजन ६’ की सेकेन्ड रनरअप हुन्।

रोमान्टिक शैलीको यस गीतमा एक चञ्चल युवतीले आफूलाई मन परेको युवकप्रति व्यक्त गर्ने प्रेमका भावनाहरूलाई प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा गायिका दर्शना र संजय ढुंगानाले अभिनय गरेका छन्। श्याम पटेलको कोरियोग्राफी रहेको भिडियोलाई पंकज महरा र सुशान ठटालले छायांकन गरेका हुन्। भिडियोको सम्पादन रबिन श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्