A vertical shot of the black cat in the dark darkness

रोमानियाबाट सुरु भयो ‘वर एण्ड बधु’ छायाँकन


मिलन चाम्सको निर्देशनमा तयार हुने चलचित्र ‘वर एण्ड बधु’ को छायाँकन रोमानियाबाट सुरु हुने भएको छ। केहि दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेको थियो। चलचित्र छायाँकनका लागी अभिनेत्री आंचल शर्मा सहितको कलाकारको टोलि रोमानिया पुगेको छ।

टोलीमा आंचल शर्मा सहित कमेडियन हिमेश पन्त, कोरियोग्राफर काविराज गहतराज र सह अभिनेत्री सृष्टि खड्का रहेका छन्।चलचित्रमा आंचलको जोडीको रुपमा नव-नायक विवेक कर्माचार्य रहेका छन्। विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, रविना केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्