नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल
अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन्। नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमी मल्ललाई देख्न सकिन्छ। गोविन्द राईको निर्देशनमा निर्माण भएको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ।

नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी गीतको भिडियोमा प्रस्तुत भएकी छन्। मौसमी मल्लले गीतको भिडियोमार्फत आफु दर्शकमाझ आएको बताएकी छन्। उनले भनिन्,‘म नीता आचार्यको युट्युब च्यानलमार्फत गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ भिडियोमार्फत आएको छु। हेरेर प्रतिक्रिया दिनु होला।’
मनु लोहोरुङ राईको शब्द रचना रहेको छ भने संगीत तथा एरेन्ज साज सिंहको छ। हिमाल श्रेष्ठ सिनेमाटोग्राफर रहेको भिडियोको सम्पादन सन्देश शाह हुन्।




