पल शाहले सुरु गरे ‘यानीमाया’ को छायांकन, फागुन ७ बाट रिलिज गर्ने घोषणा
पल शाहको निर्माणमा तयार हुने चलचित्रको छायांकन सुरु भएको छ। ३५ दिनको सेड्युल लिएर चलचित्रको छायांकन गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको हो। हिजोबाट चलचित्रको छायांकन निर्माण टिमले सुरु गरको हो।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रमा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरुको रुपमा छन् । चन्द्र ज्योती आले र पल शाहको लगानीमा तयार हुन लागेको चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
विशाल कार्कीको निर्माण व्यवस्थापन रहने चलचित्र सामाजिक प्रेमकथामा निर्माण हुनेछ। निर्माण टिमले फागुन ७ गतेलाई चलचित्रको रिलिज मिति तय गरको छ। १० दिन काठमान्डौमा छायांकन हुने चलचित्रको बाँकी सेड्युल पर्वतमा रहेको छ।





