‘जेरी अन टप’ टीमको ‘लोकल हिरो’ बन्दै अरुण क्षेत्री


अनन्या फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘लोकल हिरो’ निर्माण हुने भएको छ। निर्माता सरोज न्यौपानेले उक्त चलचित्रको लागि प्रमुख अभिनेताका रूपमा अरुण क्षेत्रीलाई अनुबन्ध गरेका छन्। हलमा प्रदर्शनको क्रममा रहेको ब्लकबस्टर चलचित्र ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’ मा शीर्ष भूमिका निर्वाह गर्नेछन्। यो चलचित्र निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन्।

अघिल्लो वर्षको सुपरहिट चलचित्र ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो। चलचित्रको अन्य कलाकार तथा प्राविधिक टोलीका विषयमा भने निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छैन।

‘लोकल हिरो’ले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्नेछ। चलचित्र केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको जनाउँदै निर्माता न्यौपानेले अब निर्माणका लागि उपयुक्त समय आएको बताए। त्यसैअनुसार प्रमुख अभिनेताको रूपमा क्षेत्रीलाई अनुबन्ध गरिएको उनको भनाइ छ। अनन्या फिल्मस् प्रालिको ब्यानरमा ‘लोकल हिरो’ सँगै ‘जेरी : द लास्ट क्लाइम्ब’ र ‘टिका’ गरी तीन चलचित्र निर्माणको पाइपलाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्