प्रदीप र सनिशाको ´शुभ विवाह` को निर्माण घोषणा


लभ स्टोरी चलचित्र निर्देशनमा आफुलाई अब्बल रुपमा प्रस्तुत गरेका निर्देशक सुदर्शन थापाको नयाँ चलचित्र ‘शुभ विवाह’ को घोषणा भएको छ। यहि चलचित्र मार्फत अभिनेता प्रदिप खड्का र निर्देशक थापा झन्डै १० बर्षपछि सहकार्य गर्दैछन्। चलचित्रमा उनको जोडीको रुपमा सनिशा भट्टराई देखिदैछिन्। प्रियादर्शन फिल्मस् को ब्यानरमा चलचित्र निर्माण हुनेछ। यो व्यानरको यो पहिलो चलचित्र हो।


प्रदीप र सनिशाका साथमा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई,कृष्ण ढुङ्गाना,विशाल पहारी,अन्शु महर्जन,बिन्दा खतिवडा,अनिता बस्नेत,मेक्सम गौडेल,सन्तोष थापा,सुनिशा बजगाईँ,आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लागायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ।

सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। चलचित्रको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। फागुन २१ गतेबाट रिलिज हुने चलचित्र चाडै नै छायांकनमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्