शान्तिश्री र रबिनको स्वरमा म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक


पूर्वी रुकुमको प्राकृतिक सौन्दर्य, मौलिक भूगोल र स्थानीय परिवेशलाई पृष्ठभूमि बनाएर तयार पारिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। प्रेम, वियोग र पीडाको भावलाई फरक शैलीमा भिडियो प्रस्तुत गरिएको छ।

बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘पिर मनैमा’ को छायांकन पूर्वी रुकुमका पाँचभन्दा बढी गाउँमा करिब सात दिन लगाएर गरिएको निर्माण पक्षले जनाएको छ। रुकुमका डाँडाकाँडा, गाउँबस्ती तथा प्राकृतिक परिवेशलाई कथाको भावसँग जोडेर प्रस्तुत गरिएको छ।

गीतमा शान्ति श्री परियार र रबिन भुसालको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत रबिन भुसालकै रहेको छ। बिशाल नेपाली र गीता ढुंगानासँगै अन्य कलाकारहरूको अभिनय भिडियोमा देख्न सकिन्छ। म्युजिकल फिल्मको निर्देशन बिशाल नेपालीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्