टिजर र गीतले भ्युजमा तहल्का पिट्दै, पल र रिस्ता लिएर हङकङ पुगे चन्द्र


असोज ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ का प्रचार सामाग्रीले दर्शकको राम्रो साथ पाउदै आएका छन् । टिजरले रेकर्ड ब्रेकिङ्ग भ्युज प्राप्त गरेको चलचित्र पहिलो गीतले पनि सामाजिक संजालमा तहल्का पिटिरहेको छ। ‘अचेल किन कान्छी’ बोलको गीतले ४७ लाख भन्दा बढी युट्युवमा भ्युज प्राप्त गरिसकेको छ भने सामाजिक संजालका अन्य प्लेटफर्ममा पनि यो गीतका रिल्स भिडियो उत्तिकै बनिरहेका छन्। रवि ओड र गङ्गा सोनामको स्वर रहेको गीतमा बाबुल गिरिको शब्द र संगीत रहेको छ। यो गीतले चलचित्रको प्रचारलाई ठुलो योगदान दिएको छ।

यहि बीचमा चलचित्रका एखी महत्वपूर्ण दृश्य छायांकनका लागी चलचित्रको टिम हङकङ पुगेको छ। निर्देशक चन्द्र पन्त , अभिनेता पल शाह र अभिनेत्री रिस्ता गुरुङ्ग हङकङ पुगेका हुन्। हङकङमा हुने सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। खुसी इन्टरटेनमेन्टको व्यवस्थापनमा हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानहरूमा चलचित्रका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ।
नेपालमा अधिकांश पारिवारिक र भावनात्मक दृश्यहरूको छायांकन सकिएपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न निर्माण टिमले हङकङको सेड्युल तय गरेको हो। निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका केही विशेष दृश्यहरू खिचिनेछ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा पल शाह र रिश्ता गुरुङका साथमा विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्