रेखा थापाको ‘३६ को आंकडा’ मङ्सिरमा रिलिज तय
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आंकडा’ ले आफ्नो रिलिज मिति तय गरेको छ। अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठले निर्माण गरेको चलचित्रले मङ्सिर १७ गतेलाई रिलिज मिति तय गरेको हो। अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको टिमले रिलिज मिति तय गरेको हो।

निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको ‘छत्तीसको आँकडा’ को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । चलचित्रमा रेखा थापा र पूजा शर्माको टकराव रहने केहि समय अगाडी सार्वजनिक पोष्टरले संकेत गर्छ। पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।
चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ । ‘छत्तीसको आँकडा’मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’ मा सँगै अभिनय गरेका थिए ।









