‘कंगाल करोडपति’ को छायांकन सुरु
चलचित्र ‘कंगाल करोडपति’ को छायांकन सुरु गरिएको छ । राजु श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्रको काठमाडौंको गोकर्णबाट छायांकन सुरु गरिएको हो। चार दिन गोकर्णमा छायांकन गरेपछि चितवनको सेड्युल रहनेछ। करिव १ महिना चितवनमा छायांकन हुनेछ। दशैमा भने केहि दिन छायांकन स्थगित गरिने निर्देशक श्रेष्ठले बताएका छन्।

प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्रमा मुकुन भुसाल, मन्जिल कुमार, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडा लगायतको अभिनय रहनेछ । चलचित्रबाट सलिना तामाङले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन् । अश्विन बराल, दीपेश तिरुवा, प्रवीन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सह-निर्माता छन् ।










