‘सिन्दुर’ मा जोडी निरुता सिंह र विपिन कार्की
अभिनेत्री निरुता सिंह पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा निकै सक्रिय देखिएकी छिन्। नेपाली गीतका भिडियो देखि चलचित्रमा उनि लगातार काम गरिरहेकी छिन्। लामो समयको ब्रेकपछि कमब्याक गरेकी निरुता अव आफ्नो करियरको दोश्रो इनिङ्गसलाई रफ्तारमा लाग्ने सोचमा देखिएकी छिन्। निरुताले नयाँ चलचित्र ‘सिन्दुर’ साइन गरेकी छिन्।

हाल छायांकनमा रहेको चलचित्रमा निरुता संग अर्का अभिनेता विपिन कार्कीको पनि प्रवेश भएको छ। केहि दिन अगाडी दाङ्गबाट छायांकन सुरु भएको चलचित्रमा पुष्प खड्का र प्रसंसा रायमाझीको अभिनय रहनेछ।
निर्देशक सुनारका अनुसार, निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि छायांकन सुरु गर्नेछन् । यी दुइको भूमिकाबारे केही पनि खुलाइएको छैन ।










