सकियो प्रदिप र सनिशाको ‘शुभ विवाह’ छायांकन


प्रदिप खड्का र सनिशा भट्टराई प्रमुख भुमिकामा रहेको चलचित्र ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन सकिएको छ। सुदर्शन थापा निर्देशित चलचित्रको ४० दिनमा छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। ४५ दिनको छायांकन सेड्युल राखिएको चलचित्रको छायांकन ५ दिन अगावै सकिएको निर्देशक थापाले बताए। उनका अनुसार कलाकार तथा प्राविधिकहरुको अथाह मेहनतले सेड्युल अगावै काम सकिएको हो। निर्देशक थापा र अभिनेता खड्काले ‘प्रेम गीत’ मा सहकार्य गरेका थिए।

प्रियदर्शन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप र सनिशाका साथमा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई,कृष्ण ढुङ्गाना,विशाल पहारी,अन्शु महर्जन,बिन्दा खतिवडा,अनिता बस्नेत,मेक्सम गौडेल,सन्तोष थापा,सुनिशा बजगाईँ,आश्मा गिरी,रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य रहेका छन्।

चलचित्रमा सुप्रिया कटुवालको लगानी, साम भुजेलको कार्यकारी निर्माता रहेका छन्। प्रदीप श्रीवास्तवले कथा लेखेको चलचित्रमा पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। फागुन २१ गतेबाट चलचित्र रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्