बक्स अफिसमा चलेन पूजा-आकाशको जादु


पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्झना बिर्सना’ बक्स अफिसमा असफल भएको छ। गएको हप्ता रिलिज भएको चलचित्रले दर्शकको आशातीत साथ पाउन सकेन। निमेष प्रधानको निर्देशनमा तयार भएको चलचित्र कोरोना कहर अगाडी नै निर्माण भएको थियो। चर्चामा रहने अभिनेत्री पुजा शर्माले चलचित्रमा २० लाख बढी पारिश्रमिक लिएकै कारण पनि चलचित्र सुरुवात बाट नै चर्चामा रहेको थियो। अझ चलचित्रको सुटिङ्ग सुरुवात हुँदा दर्शकले सर्वाधिक रुचाएको जोडी पूजा-आकाश भएकै कारण पनि चलचित्रको चर्चा गर्माएको थियो ।

तर पूजा र आकाशको हिट जोडीको जादु बक्स अफिसमा चल्न सकेन। बरु विवादै विवादको सृजना चै भयो। हलमा दर्शक भेट्न जाँदा देखिएको पूजाको आक्रोश होस् अथवा चलचित्रको निर्माण टिमले पूजाले साथ नदिएको आरोप हुन् मिडियामा चलचित्रको खुव चर्चा रह्यो । तर दर्शकलाई भने त्यसका कुराले खासै तानेन। फलतः चलचित्र बक्स अफिसमा असफल बन्यो। यसको मुख्य कारण ठिकठाक बनेको चलचित्र भन्दा पनि पूजा- आकाशको सम्बन्धमा आएको दरारलाई मुख्य कारण मान्दै विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्