गाडीमा स्क्रिप्ट राखेर ‘परदेशी २’ रिलिजको पर्खाइमा प्रकाश सपुत


सृजनात्मक दृष्टिकोणले गायनमा प्रकाश सपुतले आफुलाई अब्बल रुपमा प्रस्तूत गरिसकेका छन् । भिडियो र अडियो मेकिङ्गमा आफुलाई स्थापित गरिसकेका सपुत अब नायक बनेका छन्। सफल चलचित्र ‘परदेशी’ को दोश्रो भाग ‘परदेशी २’ मा उनि मुख्य भुमिकामा रहेका छन्। केकी अधिकारीसंग जोडी बाँधेर नारायण राइमाझीको निर्देशनमा डेव्यु गरेका सपुतको पहिलो गीत सार्वजनिक भएको छ। ‘के वर् मागी फर्कियौ’ बोलको गीतको नयाँ भर्सनमा केकी र प्रकाश आकर्षक देखिएका छन्। डेव्यु चलचित्रलाई लिएर सपुत केहि नर्भस केहि उत्साहित देखिन्थे।

उनै सपुत यो चलचित्र रिलिज नभएसम्म अर्को चलचित्र नगर्ने मुडमा देखिएका छन्। राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा उनले सोहि आशयको अभिव्यक्ति दिए।
अर्को चलचित्रलाई लिएर गरिएको प्रश्नमा सपुत भन्छन्,’ म यहि चलचित्रलाई लिएर उत्साहित रहेको छु। चलचित्रका अफर नआएका हैनन्। अहिले पनि गाडीमा २ चलचित्रको स्क्रिप्ट बोकेर हिडेको छु। तर यो चलचित्र रिलिज पछी दर्शकको कस्तो प्रतिक्रिया आउछ त्यसलाई लिएर म उत्साहित रहेको छु। पहिला यो चलचित्र रिलिज होस् अनि बाँकी चलचित्र बारे सोचौला।’

प्रतिक्रिया दिनुहोस्